काठमाडौं–लमजुङको मस्र्याङदी गाउँपालिका–२, घनपोखरामा भालुको आक्रमणबाट स्थानीय एक युवक गम्भीर घाइते भएका छन् ।


ADVERTISEMENT


घाँस काट्ने क्रमममा भालुले आक्रमण गर्दा प्रोविका २४ बर्षीय सोमबहादुर तामाङ गम्भीर घाइते भएका हुन् । मंगलबार सवेरै घा“स काट्न गएको तामाङ मार्दा भन्ने ठाउँमा भालुको आक्रमणमा परेका हुन् । उनका दाइ पर्ने बुद्धिबहादुर तामाङसंगै गएका उनी भालुले आक्रमणपछि भीरबाट खसेका थिए ।


ADVERTISEMENT

# # #


आक्रमणबाट उनको टाउको, मुख, घाँटी र दायाँ पाखुरामा गम्भीर चोट लागेको प्रहरीले बताएको छ । मंगलबार बिहान साँढे ८ बजे आक्रमणमा परेका उनलाई स्थानीयले लमजुङ जिल्ला अस्पताल ल्याएका थिए ।

लमजुङ जिल्ला सामुदायिक अस्पतालका प्राथामिक उपचारपछि थप उपचारको लागि शिक्षण अस्पताल काठमाडौं लगिएको छ ।

आर्थिक अवस्था कमजोर भएका तामाङ परिवारको उपचारमा सहयोग गर्न स्थानीय रकम संकलन गर्ने तयारी गरेका छन् ।