काठमाडौँ – गृहमन्त्री ओमप्रकाश अर्यालले स्थितिलाई क्रमशः सामान्य बनाउँदै स्वच्छ र निष्पक्ष निर्वाचन सम्पन्न गराउनु वर्तमान सरकारको मुख्य जिम्मेवारी रहेको बताएका छन् ।


ADVERTISEMENT


आगामी फागुन २१ गते प्रतिनिधिसभा निर्वाचनको मिति घोषणा भएको सन्दर्भमा निर्वाचन आयोगमा आज आयोजित कार्यक्रममा मन्त्री अर्यालले जेनजी प्रदर्शनले पुनः जनतामा गएर वैधानिक मार्गबाट निर्वाचित भइ आउने अवसर प्रदान गरेकाले निर्वाचनमा केन्द्रित हुन सबैलाई आग्रह गरे ।


ADVERTISEMENT

# # #


उनले प्रविधिको प्रयोगमार्फत विदेशमा रहेका नेपालीले मतदान गर्न पाउने र जनप्रतिनिधिलाई बीचमै फिर्ता बोलाउन पाउने अधिकारलाई सुनिश्चित गर्नुपर्नेमा जोड दिए ।

‘निर्वाचन सम्बन्धी कानुनहरुमा जहाँ बाधा, व्यवधानहरु छन्, त्यसलाई अध्यादेशबाट संशोधन गरेर भए पनि सबैलाई अवसर प्रदान गर्नुपर्छ ।’ उनले भने, ‘जो बाहिर रहनुभएको छ, उहाँहरु पनि र जो नयाँ पुस्ता हुनुहुन्छ, उहाँको उमेर उपगे पनि नामावलीमा नाम समावेश भइसकेको छैन, उहाँहरुको लागि कानुनमा सुधार गर्नुपर्छ भन्ने निष्कर्ष छ ।’

उनले विदेशमा रहेका नेपालीलाई समानुपातिकमा भए पनि मतदान गर्न पाउने अधिकार कार्यान्वयन गर्नुपर्ने बताए । छलफलमा आयोगले हाल गरिरहेको काम र सरकारसँगको अपेक्षा प्रस्तुत गरेको थियो ।