काठमाडौँ – नेपाल क्रिकेट संघ (क्यान)ले आगामी १७ नोभेम्बरदेखि काठमाडौँमा सुरु हुने नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो दिनको सम्पूर्णय टिकट शुल्क प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने घोषणा गरेको छ ।
बिहीबार आयोजित वेष्टइण्डिजसँगको ऐतिहासिक टी–२० सिरिजका लागि नेपाली टोलीको विदाई समारोहमा बोल्दै क्यानका सचिव पारस खड्काले उक्त निर्णय गरिएको जानकारी गराएका हुन् । भदौ २३–२४ गते देशभर भएको जेन–जी आन्दोलनका क्रममा मानवीय तथा सार्वजनिक सम्पत्तिमा ठूलो क्षति भएपछि क्यानले क्यानले कोषमा उक्त रकम उपलब्ध गराउने भएको हो ।
त्यसमा लागि एनपीएलका सबै फ्रेन्चाइज्ड टोलीसँग सहमति समेत भइसकेको सचिव पारसले बताए ।


























































