काठमाडौँ – सरकारले अध्यादेशमार्फत निर्वाचन कानुन संशोधन गरेर मतदाता नामावली अध्यावधिक गर्ने तयारी गरेको छ ।


ADVERTISEMENT


बिहीबार गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचन आयोगका पदाधिकारीसंग निर्वाचन कानुन संशोधन गरेर युवाहरुलाई पनि मतदानको अवसर दिने गरि मतदाता नामावली अध्यावधिक गर्ने विषयमा छलफल गरेका हुन् । गृहमन्त्री अर्यालले निर्वाचनसम्बन्धी कानुनमा देखिएका व्यवधानलाई अध्यादेशबाट संशोधन गरेर सवैलाई मतदानको अवसर प्रदान गर्न खोजिएको बताए ।


ADVERTISEMENT

# # #


उमेर पुगेर पनि मतदाता नामावलीमा नाम समावेश नभएका युवाहरुलाई मतदानको अवसर दिन मतदाता नामावली अध्यावधिक गर्ने उनले बताए । त्यस्तै विदेशमा रहेका नेपाल नागरिकलाई समानुपातिकतर्फ मतदानको व्यवस्था गर्न पाउने गरि आयोगसंगको समन्वयमा कानुन बनाउने सहमति भएको उनले बताए ।

त्यस्तै निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले विद्यमान कानुनबाट नयाँ मतदाता नामावली संकलन गर्न सक्ने अवस्था नरहेकाले कानुनमा बाधा व्यवधान हटाउन सके अध्यावधिक गर्न सकिने बताए । उनले सरकारले तोकेको समयमा निर्वाचन गर्न आयोग सक्षम र तयार रहेको उल्लेख गरे ।

सुशीला कार्की नेतृत्वको सरकारले प्रतिनिधिसभा विघटन गर्दै फागुन २१ गते निर्वाचनको मिति तय गरेको छ । निर्वाचनको मिति घोषणा भए पनि मतदाता नामावली संकलन बन्द गर्नुपर्ने कानुनी प्रावधान छ ।