काठमाडौँ– नेपाल प्रहरीका डीआईजी नवराज सिलवालले आफुलाई प्रहरीले गैर कानुनी रुपमा पक्राउ गरेको भन्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरण रिट दायर गरेका छन् ।


ADVERTISEMENT


सोमबार दिउँसो सिलवालका तर्फबाट अधिवक्ता पूर्णप्रसाद राजवंशीले सर्वोच्चमा रिट दायर गरेका हुन्। उनको रिटमा सिलवाललाई पक्राउ नगर्न आदेश माग गर्दै रिटको पेशी आजै तोक्न अनुरोध गरिएको छ। दायर रिट माथि प्रधानन्याधीश शुसिला कार्की आफैले आजै सुनुवाई गर्नेछिन् ।


ADVERTISEMENT

# # #


यस अघि छानबिनका लागि भन्दै प्रहरीले सिलवाललाई घरबाट प्रहरी प्रधान कार्यालय नक्साल लिएको थियो। केही प्रहरी आएर सिलवाल बसेको ठाउँबाट उनलाई लिएर गएका थिए। प्रहरी प्रवक्ता सर्वेन्द्र खनालका अनुसार सिलवाललाई पक्राउ गरेको नभई छानबिनका लागि बोलाइएको हो।