काठमाडौं – नेपाल बीमक संघका अध्यक्ष बिरेन्द्र वैदवारले बीमा कम्पनीहरुसँग २८ अर्ब रुपैयाँ स्पेसल रिजर्भमा रहेको बताएका छन् ।
मंगलबार नेपाल आर्थिक पत्रकार संघले आयोजना गरेको अर्थतन्त्र पुनरुत्थानको आगामी बाटो विषयका कार्यक्रममा बोल्दै वैदवबारले निर्जीवन बीमकसँग स्पेसल रिजर्भमा प्रशस्त सन्चिती रहेकाले बीमितहरुले आत्तिनुपर्ने अवस्था नरहेको बताएका हुन् ।
‘बीमा कम्पनीले २२ अर्ब भनेको स्पेसल रिजर्भमार्फत कभर गर्ने वैद्यवारले जानकारी दिए । ‘यो रिजर्भमा हाम्रो २७–२८ अर्ब छ, त्यसमा आत्तिनुपर्ने अवस्था छैन । हाम्रो पछाडी रिइन्योेस्योरेन्सको साथ छ’, अध्यक्ष बैदवारले भने ।
उनले उक्त आन्दोलनमा भएको क्षतिका कारण नेपालको इतिहासकै उच्च बीमा दाबी परेको बताउँदै यसले नेपाल रि इन्स्योरेन्स, हिमालयन रि इन्स्योरेन्स लगायत विदेशी रि इन्स्योरेन्समा थप दायित्व बढेको बताए ।
उनले यतिबेला बीमा कम्पनीहरुममा २२ अर्बको दायित्व रहेको बताए । ‘यो नेपाली बीमा कम्पनीमा परेको हालसम्मकै ठूलो दाबी हो । यसअघि भूकम्पको बेला १७ अर्बको दाबी परेको थियो ।’ उनले ठूलो दाबी परेपनि नआत्तिएको बताउँदै दाबीलाई सरलीकृत बनाउने विश्वास दिलाए ।


























































