काठमाडौं– सोमबार भोजपुर जिल्लाबाट उपत्यकामा अस्थायी वा स्थायी रूपमा बसोबास गर्दै विभिन्न सामाजिक, पेशागत तथा राष्ट्रिय क्षेत्रमा सक्रिय व्यक्तित्वहरूबीच विशेष भेटघाट कार्यक्रम सम्पन्न भएको छ।
भेटघाटमा भोजपुर जिल्लाकी चेली तथा देशकै पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको विशेष उपस्थिति रहेको थियो। कार्यक्रममा जिल्लाबाट सम्बन्धित तथा राष्ट्रिय स्तरमा योगदान दिइरहेका अग्रज, अभियन्ता तथा विशिष्ट व्यक्तित्वहरूको उल्लेख्य सहभागिता रहेको थियो।
कार्यक्रममा सहभागीहरूले देशमा विद्यमान विषम परिस्थिति र असहज अवस्थाबाट शान्तिपूर्ण रुपमा निकास निकाल्ने आवश्यकता र सबै नेपालीहरूले परिवर्तनको शुरुवात आफैंबाट गर्नुपर्ने महत्त्वका विषयमा धारणा राखेका थिए।
देश, समाज र गृहजिल्ला निर्माणमा सबैले आ–आफ्नो स्थानबाट योगदान गर्नु अहिलेको समयको माग भएको समेत वक्ताहरूले जोड दिएका थिए। अन्त्यमा, यस अर्थपूर्ण र प्रभावकारी भेटघाटमा सहभागिता जनाउनुने सम्पूर्णप्रति आयोजक पक्षले हार्दिक धन्यवाद व्यक्त गरेको छ।


























































