काठमाडौं–साबिकको विजेता रियल मड्रिड च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । बुधबार राति क्वाटरफाइनलको दोस्रो लेगमा इटालियन क्लब युभेन्टससँग ३–१ ले पराजित भए पनि समग्रमा ४–३ को जित निकाल्दै रियल अन्तिम चारमा पुगेको हो ।


ADVERTISEMENT


रियलको घरेलु मैदानमा भएको सनसनीपूर्ण दोस्रो लेगमा ३–१ को जित निकाले पनि युभेन्टस सेमिफाइनलमा पुग्न सकेन । दोस्रो लेगको अन्तिम समय १० खेलाडीमा सिमित युभेन्टसका लागि मारियो मान्डुज्कीले दुई तथा ब्लेज माटूइडीले एक गोल गरे । घरेलु मैदानमा भएको पहिलो लेगमा बेहोरेको ३–० को हारले युभेन्टस सेमिफाइनल पुग्नबाट बन्चित भयो । गत सिजनको फाइनलमा पनि युभेन्टस रियलसँग ४ – १ ले स्तब्ध बनेको थियो ।


ADVERTISEMENT

# # #


रियलको सेमिफाइनल यात्रामा क्रिस्टियानो रोनाल्डो नायक बने । पहिलो लेगमा दुई गोल गरेका रोनाल्डोले दोस्रो लेगको इन्जुरी समयमा गोल गर्दै रियललाई अन्तिम चारको यात्रा तय गराए । युभेन्टससँग ३–० ले पछि परेको अवस्थामा रोनाल्डोले इन्जुरी समयमा पेनाल्टीबाट गोल गर्दै घरेलु टोलीको सेमिफाइनल यात्रा पक्का गराए ।

सान्टियागो बेर्नाबेउमा खेलको अन्तिम दुई मिनेट बाँकी रहदा रियलका लुकास भास्क्वेजलाई युभेन्टसका डिफेन्डर माइकल ओलिभरले डिबक्सभित्र फल गरेपनि रियलले पेनाल्टी पाएको थियो । उक्त पेनाल्टी अवसरमा रोनाल्डोले सहजै गोल गर्दै रियललाई सेमिफाइनल पुर्याउन सफल भए ।

त्यसअघि पाहुना टोली युभेन्टसले पहिलो हाफमै दुई गोलको अग्रता लिन सफल भएको थियो । मारियो मान्डजुकिचले खेलको दोस्रो तथा ३७ औं मिनेटमा हेडिङ गोलहरु गर्दै टोलीलाई पुनरागमन नजिक लगेका थिए । खेलको ६० औं मिनेटमा ब्लेज माटुइडीले रियलका गोलकिपरको गल्तीको सदुपयोग गर्दै स्कोर ३–० बनाएका थिए ।

पहिलो लेग रियलले ३–० ले नै जितेकाले युभेन्टस र रियल समग्रमा बराबरीको अवस्थामा थिए । तर इन्जुरी समयमा लुकास भाजक्वेजले पेनाल्टी जित्न सफल भए । सो निर्णयबाट असन्तोष जियान्लुइजी बुफ्फोनले आफ्नो आक्रोश रेफ्रीलाई पोख्दा उनले रातो कार्ड पाउन पुगे ।

खेलको अन्तिम समयमा रोनाल्डोको पेनाल्टी रोक्न वोजियाक सेज्नी मैदानमा उत्रे पनि रोनाल्डोको बलियो प्रहार जाली चुम्न सफल रह्यो । यससँगै रियलले अन्तिम मिनेटमा गोल गर्दै सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित पारेको हो ।

रियल र युभेन्टसबीचको खेलसँगै च्याम्पियन्स लिगको सेमिफाइनलमा पुग्ने चारै टोलीको तय भएको छ । अर्को क्वाटरफाइनलमा बायर्न र सेभिया गोलरहित बराबरीमा रोकिए । समग्रमा बायर्न २–१ ले विजयी भएको हो ।

यो सिजन रियलसँगै जर्मन क्लब वायर्न म्युनिख, इन्ग्लिश क्लब लिभरपुल र इटालियन क्लब रोमाले सेमिफाइनलमा स्थान बनाएका छन् । सेमिफाइनल ड्र शुक्रबार हुनेछ ।