काठमाडौ–लेवनानका लागि रुसी राजदुत अलेक्जेण्डर जसिप्कीनले उनको देशले अमेरिकाले छिमेकी सिरियामा हानेको हरेक मिसाइल झारिदिने र मिसाइल हानिएको केन्द्रलाई निशाना बनाउने बताएका छन् । यो कुरा उनले हेजबोल्लाह नियन्त्रित अल–मनार टीभीलाई मंगलबार दिएको अन्तवार्तामा भनेका हुन् ।


ADVERTISEMENT


रसियाली राजदुतले यो कुरा आफ्नो देशको सरकारको नीति अन्तर्गत भएको बताएका थिए । यो भनेर उनले रुसी सेनाको चिफ अफ स्टाफको भनाई तर्फ संकेत गरेका थिए । रुसी सेनाका चीफ अफ स्टाफ जनरल भ्यालेरी गेरासिमोभले मार्चमा मस्कोले सिरिया तर्फ हानिएको मिसाइल झारिदिने र सिरियामा रहेका रुसी आर्मीका सदस्यहरुलाई खतरा भएमा मिसाइल हानिएको केन्द्रमा हान्ने बताएका थिए ।


ADVERTISEMENT

# # #


अल–मनारसँगको अन्तवार्ताको क्रममा जसिप्किनले आफ्नो देशले सिरियामा विद्रोहीहरु विरुद्ध प्रगति गरेको बताएका थिए । उनका अनुसार रुसि सेनाको सहयोगमा सिरियाको पूर्वी गुटा विद्रोहीहरुबाट मुक्त गरिएको छ ।

जसिप्किनको भनाई त्यो बेलामा आएको छ जब अमेरिका र युरोपेली राष्ट्रहरुले सिरियाली सरकार र यसको प्रमुख मित्रशक्ति रसियामाथि आक्रमणको चेतावनी दिइरहेका छन् । सिरियाको विद्रोहीको कब्जामा रहेको क्षेत्र पूर्वी गुटामा केही दिन अघि गरिएको रसायनिक हमलामा ७० जनाको मृत्यु भएको थियो ।

शनिवार पूर्वी गुटाको दुमा शहरमा भएको रसायीनिक हमलामा मर्नेमा अधिकाश महिला, बालबालिका रहेको अभियन्ता र स्थानीय मेडिकलकर्मीहरुले बताएका छन् । सिरिया सरकार र रसियाले रसायनिक आक्रमण भएको अस्वीकार गर्दै आएका छन् ।

अमेरिकाको कडा प्रतिक्रिया
मंगलबार संयुक्त राष्ट्रको सुरक्षा परिषदमा अमेरिका र रसिया दुवैले ल्याएका सिरिया सम्बन्धी प्रस्ताव असफल भएको थियो । दुवैले एक अलग विज्ञ समूह बनाएर रसायनीक हमलाको सत्य तथ्य खोज गर्ने कुरा गरेका थिए ।

अमेरिकी प्रतिरक्षा सचिव जेम्स म्याटिसले सिरियाली सरकार विरुद्धको सैन्य कारवाहीको सम्भावनालाई अस्वीकार गरेनन् । उता सयुक्त राष्टको लागि अमेरिकी राजदुत निक्की हेलीले सुरक्षा परिषदले केही कदम चाले पनि नचाले पनि बासिङ्गटनले भने प्रतिक्रिया जनाउने चेतावनी दिइन । उता सिरियाली सरकारले आफ्नो फौजलाई अमेरिकी आक्रमणको खतराबीच उच्च सतर्कताको अवस्थामा राखेको छ ।

रसियाली सेनाको सहयोगमा सिरियाली राष्ट्रपति बसार अल–असादले सन् २०१३ को मध्यदेखि विद्रोहीको कब्जामा रहेको पूर्वी गुटामा आक्रमण गरिरहेका छन् । यो वर्षको फेब्रुअरी १८ बाट शुरु भएको पूर्वी गुटाको आक्रमणमा १६०० नागरिकको ज्यान गइसकेको छ भने त्यो स्थानबाट ४५ हजार मानिसहरु विस्थापित भइसकेको सयुक्त राष्ट्रको अध्ययनले देखाएको छ ।