काठमाडौं–पोखरा लेखनाथ महानगरपालिकाले पोखराका दुई ठाउँमा परीक्षणका रुपमा फ्री वाईफाई इन्टरनेटको व्यवस्था गरेको छ । परीक्षणको रुपमा सुरुमा पोखरा विमानस्थल र पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा वैशाख १ गतेदेखि नै फ्री वाईफाईको व्यवस्था गरिएको महानगरपालिकाका मेयर मानबहादुर जिसीले जानकारी दिए ।


ADVERTISEMENT


‘पहिलो चरणमा परीक्षणका लागि पोखरा विमानस्थल र क्षेत्रीय अस्पतालमा फ्री वाइफाईको सुरुवात गर्नेछौं,’ मेयर जिसीले भने, ‘दुई ठाउँको रिजल्ट हेरेर १५ गतेपछि शिशुवा अस्पताल र मितेरी अस्पतालमा सेवा सुरु गर्नेछौं ।’


ADVERTISEMENT

# # #


सभामार्फत १७ नियम पारित
शु्क्रबार सकिएको पोखरा महानगरपालिकाको दोस्रो नगरसभाले १७ वटा कानुन पारित गरेको छ । फागुन २८ गतेदेखि सुरु नगरसभाले दफावार छलफलपछि बुधबार १७ कानुन पारित गरेको हो । नगर सभामा पेस भएका १८ कानुनमध्ये सञ्चार नीतिबाहेक सबै पारित भए ।

महानगरीय कृषि ऐन, महानगरीय कृषि बजार प्रवर्द्धन ऐन, महानगरीय सहकारी ऐन, पशु नीति, उपमेयरसँग महिला कार्यक्रम, भवन मापदण्ड निर्देशिका, कर्मचारी व्यवस्थापन ऐन, स्वास्थ्य नीति, सार्वजनिक निजी साझेदारी नीति तथा ऐन दफवार छलफलपछि पारित भएको हो ।

शिक्षा कार्यविधि, योजना आयोग गठन कार्यविधि, विधान समितिको कार्यविधि, फोहोरमैला व्यवस्थापन निर्देशिका, विज्ञापन नीति तथा निर्देशिका, न्यायिक समिति विधेयक, नगरपालिकाबाट गर्ने बजार अनुगमन निर्देशिका नगर सभाले पारित गरेको छ ।