काठमाडौं– नवनियुक्त सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले राष्ट्र र राष्ट्रिय एकताका लागि केही गरेरै देखाउने प्रतिबद्धता व्यक्त गरेका छन् । महानिरीक्षक खनालले देश र जनताको हितका लागि काम गर्न आवश्यक सल्लाह दिन पनि सबैमा आग्रह गरे ।


ADVERTISEMENT


शुक्रबार नयाँ वर्षको अवर पारेर आफ्नो सम्मानमा काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सीमा सुरक्षा गर्ने राष्ट्रिय दायित्व पूरा गर्न लागि पर्ने प्रतिबद्धता पनि व्यक्त गरे । सशस्त्र प्रहरी महानिरीक्षक खनालले जनताको जीउधनको सुरक्षा गर्दै मुलुकलाई समृद्ध बनाउने राष्ट्रिय अभियानमा सशष्त्र प्रहरी बलले सक्दो पहल गर्ने पनि बताए ।


ADVERTISEMENT

# # #


शस्त्र प्रहरी महानिरीक्षक खनालले राष्ट्र र जनताको सेवा बाहेक सशस्त्र प्रहरी बलको अन्य कुनै अभिष्ट नरहेको पनि स्पष्ट पारेका थिए । उनले अवकाश पाउने बेलासम्म सशस्त्र प्रहरी बलमा बसेर गर्व गर्न लायक काम गरेर देखाउने योजना पनि अघि सारेका थिए ।