काठमाडौँ– धनगढी प्रिमियर लिग (डीपीएल–२) को फाइनलमा घरेलु टोली टिम चौराहा धनगढीले काठमाडौँ गोल्डेन्ससामू १८२ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ ।


ADVERTISEMENT


प्रदेश ७ को संघीय प्रहरी इकाइ कार्यालयको खेल मैदानमा टस जितेर ब्याटिङ थालेको धनगढीले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १८१ रन बनाएको हो । उसका लागि सुनिल धमला र रोहनत मुस्ताफाले १४२ रनको लामो साझेदारी गरेपछि धनगढीले बिशाल स्कोर तयार गरेको हो ।


ADVERTISEMENT

# # #


धनगढीका लागि सुनिल धमलाले ६३ बलमा ७८ रन बनाए । उनले ८ चौका र ३ छक्का प्रहार गरेका थिए । यस्तै रोहन मुस्ताफाले ४२ बलमा ६० रन बनाएर पेवेलियन फर्किए । सुबोध भाटीबाट रनआउट हुनुअघि उनले ४ चौका र ४ छक्का प्रहार गरे । यस्तै खाता नै अस्फाक अहमेतले ४ रन बनाए भने सोनु तामाङ खोल्न नपाउँदै आउट भए । कप्तान सोमपाल कामी ८ र प्रनित थापा मगर शून्य रनमा नट आउट रहे ।

यता काठमाडौँका लागि सुवोध भाटीले २ तथा सन्नी पटेलले १ विकेट लिए ।

काठमाडौँ लक्ष्य पच्छ्याउँदै ब्याटिङमा उत्रिएको छ ।