काठमाडौं–नयाँ बर्षका अवसरमा मेष बस्नेतले सम्पुर्ण नेपालीहरुमा शुभकामना आदान–प्रदान गर्दै समाजमा भएका समसामयिक बिषयहरुलाई समेट्दै कबिता रचना गरेका छन् । जसको सानो अंश यहाँ साभार गरिएको छ–


ADVERTISEMENT


नयाँ वर्षमा नयाँ कुरा कोर्नु पर्छ अरे
यै बेलामा कसैको मन चोर्नु पर्छ अरे!


ADVERTISEMENT

# # #


वारि यो मन पारि त्यो मन जोड्नलाई फेरि
चोखो मीठो मायाले नै जोड्नु पर्छ अरे!

सुन्दर फूल मायाको फुलाउनको लागि
मलजल हाली दुवै मिलि गोड्नु पर्छ अरे!!

रमाइलो गर्न भनी साथिभाइ जुटि
२–४ बोतल ह्विस्कि पनि फोड्नु पर्छ अरे!

नयाँ सभ्य समाज बनाउन फेरि
कुरीति र कु संस्कारलाई तोड्नु पर्छ अरे !!!!