काठमाडौं–साढे ३३ केजी सुन तस्करीसँग जोडिएको सनम शाक्य हत्याकाण्ड खोतल्दै जाँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मात्रै एक सातामा ३०० केजी सुन तस्कर हुने गरेको खुलेको छ ।


ADVERTISEMENT


एयरलाइन्सका कर्मचारी र सुन व्यापारीको सेटिङमा तस्करी हुने गरेको प्रहरीको भनाइ छ। सातामा ३०० केजी सुन तस्कर गर्ने अधिकांश अहिले पक्राउ परेकामध्ये नै रहेको प्रहरीले बतायो ।


ADVERTISEMENT

# # #


प्रहरीका एक उच्च अधिकारीले भने, ‘अहिले जुन जोजो समातिएका छन्, उनीहरूले मात्रै प्रत्येक साता ३०० केजी सुन तस्करी गरेको सुचना पाएका छौँ । यो काम एयरलाइन्सका कर्मचारी र सुन व्यापारीको सेटिङमा हुँदै आएको खुलेको छ।’

ती अधिकारीका अनुसार सुन तस्करीमा प्रहरीका भूतपूर्व अधिकारीको पनि संलग्नता देखिएको छ । अनुसन्धान जारी रहेकाले केही दिनमै पर्दाफास हुने उनले बताए ।

विमानस्थलबाट टनका टन सुन तस्करी हुने गरेको सूचना आएपछि गृह मन्त्रालयले सहसचिव ईश्वरराज पौडेलको संयोजकत्वमा छानबिन टोली गठन गरेको छ ।