काठमाडौं–गृह मन्त्रालयले आर्थिक बर्ष २०७३/७४ मा सुराकीमै २ करोड १७ लाख खर्च गरेको महालेखाको प्रतिवेदनले औंल्याएको छ ।


ADVERTISEMENT


२२ बर्षअघिको मन्त्रिपरिषदको निर्णयका आधारमा गृहमन्त्री, गृहसचिव, प्रहरी महानिरीक्षक र राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशकले एक बर्षको अवधिमा २ करोड १७ लाख खर्च गरेका हुन् ।


ADVERTISEMENT

# # #


गृह मन्त्रालयका अधिकारीका अनुसार सुराकी खर्चको नाममा गृहमन्त्री, सचिव, र महानिरीक्षकले आफूखुसी खर्च गर्ने परिपाटी पछिल्लो समय बढ्दै आइरहेको छ ।

सुरक्षा अवस्था देखाएर उनीहरुले सो रकम आफूअनुकूल खर्चंदै आएको बताइएको छ । – आजको अन्नपूर्ण पोस्टबाट