काठमाडौं–निजी विद्यालयहरुले वार्षिक (एनुअल) शुल्कबापत अभिभावकसँग बर्सेनि आठ अर्ब रुपैयाँ असुल्दै आएका छन् । निजी विद्यालयहरुको छाता संगठन निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) को तथ्यांकअनुसार हाल देशभर साढे ६ हजार निजी विद्यालय सञ्चालनमा छन् । ती विद्यालयमा १८ लाख बालबालिका अध्ययनरत छन् । राजधानी उपत्यकाका काठमाडौं, ललितपुर र भक्तपुरका १६ सय निजी विद्यालयमा आठ लाख बालबालिका अध्ययन गर्छन् ।


ADVERTISEMENT


उपत्यकामा सञ्चालित निजी विद्यालयहरुले नानीहरुको नयाँ भर्नाका लागि र सोही विद्यालयमा अध्ययन गरी कक्षा उत्तीर्ण भए पनि नयाँ कक्षामा नाम लेखाउन वार्षिक शुल्क (एनुअल फी) शीर्षकमा पाँच हजारदेखि ७० हजार रुपैयाँसम्म असुलेको फेला परेको छ । औसतमा प्रतिविद्यार्थी १० हजार रुपैयाँका दरले हिसाब गर्दा पनि उपत्यकाका निजी विद्यालयहरुले विद्यार्थीको वार्षिक शुल्कबाट आठ अर्ब रुपैयाँ असुलेका छन् ।


ADVERTISEMENT

# # #


त्यसरी असुलिएको रकम सदुपयोग भयो कि भएन भन्नेबारे राज्यले अनुगमन गर्नुपर्ने आवाज निजी विद्यालय सञ्चालक तथा निजी विद्यालयका शिक्षकहरुले उठाउन थालेका छन् । अनुगमन नभएकै कारण निजी विद्यालयले मनोमानी रुपमा अभिभावकसँग शुल्क असुलिरहेको उनीहरुको भनाइ छ ।

(काठमाडौं उपत्यकाका निजी विद्यालयले वार्षिक शुल्क (एनुअल फी) शीर्षकमा पाँच हजारदेखि ७० हजार रुपैयाँसम्म असुलिरहेको फेला परेको छ । औसतमा प्रतिविद्यार्थी १० हजार रुपैयाँका दरले हिसाब गर्दा पनि उपत्यकाका निजी विद्यालयले वार्षिक शुल्कबापत आठ अर्ब रुपैयाँ असुलेका छन् ।)

संस्थागत शुल्क मापदण्ड निर्देशिका, २०७२ ले वार्षिक शुल्क अतिरिक्त क्रियाकलाप, पुस्तकालय, खेलकुद, प्रयोगशाला, विद्यालय भवन निर्माण, मर्मत र प्राथमिक उपचार शीर्षकमा लिन पाउने व्यवस्था गरेको छ ।

निर्देशिकाअनुसार शिक्षण शुल्कको दुई महिना बराबर वार्षिक शुल्क लिन पाइन्छ । तर यस वर्ष निजी विद्यालयहरुको शुल्क स्वीकृत भएको छैन । निजी विद्यालयले मनोमानी रुपमा वार्षिक शुल्क असुलिरहेको संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) का अध्यक्ष होमकुमार थापाको विश्लेषण छ ।

थापाले उपत्यकामा सञ्चालित ९० प्रतिशत संस्थागत विद्यालयको आफ्नो भवन नभएका कारण खेलकुदको खासै व्यवस्था नभए पनि शुल्क लिने गरेको बताए । उनका अनुसार प्रयोगशालाका नाममा एउटा माइस्क्रोस्कोप र ठूलाठूला प्रवेशद्वार बनाएर निजी विद्यालयले शुल्क असुलिरहेका छन् ।