काठमाडौं–राजधानीको नयाँ बपसपार्क स्थित न्यु भुमेश्वरी गेष्ट हाउसमा सँगै बस्न गएकी युवतीलाई घाँटी थिचेर मार्ने सल्यानका गोपाल शर्मा पक्राउ परेका छन् ।


ADVERTISEMENT


टोखा नगरपालिका–९ मिलन टोल स्थित उक्त गेष्ट हाउसमा चैत २२ गते बाईस बर्षिय एक युवतीले शव फेला परेपछी प्रहरीले घट्नाको अनुसन्धान शुरु गरेको थियो ।


ADVERTISEMENT

# # #


युवतीको घाँटी थिचेर मारेपछी नेपाल भारत सिमानामा लुकीछिपी बस्दै आएका शर्मालाई महानगरीय प्रहरी वृत महाराजगञ्जबाट खटिएको प्रहरीले उनलाई नेपाल–भारत सिमानाबाट नियन्त्रणमा लिएको बताईएको छ ।

सल्यानको शारदा गाउँपालिका–१ सितलपाटी स्थायी घर भएका शर्माले गेष्ट हाउसमा २०३ नम्बर कोठामा युवतीको हत्या गरेका थिए । मुख र खुट्टामा रुमालले बाँधेको अवस्थामा युवतीको शव फेला परेपछी अनुसन्धानका क्रममा उनले होटलको आगन्तुक पुस्तिकामा भने आफ्नो नाम ढाँटेर लेखेको पाईएको छ ।

शर्माले होटलको आगन्तुक पुस्तिकामा दाङको घोराही नगरपालिका–१ स्थायी ठेगान भएका विकास ओली भन्दै झुटो नामथर टिपाएका थिए । भोलिपल्ट विहान गेष्ट हाउस सञ्चालक बिल लिएर जाँदा कोठाभित्र युवती मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।