काठमाडौं–नयाँ वर्ष मनाउन पाल्पाको तानसेन नगरपालिका १३ रानीघाट पुगेका दुई युवा कालीगण्डकीमा डुबेर बेपत्ता भएका छन् ।


ADVERTISEMENT


पाल्पा रिब्दीकोट गाउँपालिका ३ हार्थोकका १८ वर्षिया संगम कार्की र उनका साथी १८ बर्षिया आयुस खनाल पौडी खेल्ने क्रममा कालीगण्डकीमा डुबेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक विनोद घिमिरेले बताए ।


ADVERTISEMENT

# # #


प्रेमको प्रतिक पर्यटकीय स्थान रानीघाटको किनारमा यस अगाडि पनि डुबेर बेपत्ता हुने घटना भईरहेका थिए । बेपता युवाहरुको खोजी कार्य भईरहेको प्रहरीले जनाएको छ ।