काठमाडौं–पूर्वनिर्धारित कार्यक्रम अनुसार आइतबार प्रधानमन्त्री केपी ओली र माओवादी अध्यक्ष प्रचण्डबीच भेटबार्ता तय थियो । तर, प्रम ओली र प्रचण्डबीचको भेटबार्ता अचानक स्थगित गरियो ।


ADVERTISEMENT


आइतबारको भेटवार्ता स्थगित गरेर प्रचण्ड अपरान्ह आराम गर्न सिन्धुपाल्चोकको सुकुटेतर्फ परिवारसहित लागे ।


ADVERTISEMENT

# # #


तर, त्यहीँ वेला माओवादीका अर्का नेता नारायणकाजी श्रेष्ठ र प्रधानमन्त्री ओलीबीच बालुवाटारमा भेटबार्ता भयो ।

नेता श्रेष्ठलाई भेट्न केपी ओली आफैले फोन गरेर बालुवाटार बोलाएपछि श्रेष्ठ बालुवाटार पुगेका थिए ।
‘प्रधानमन्त्री ओलीजीले फोन गरेर बोलाउनुभयो, त्यसपछि म बालुवाटार गएँ, भेटमा पार्टी एकताकै विषयमा छलफल भयो’ नेता श्रेष्ठले स्रोतलाई बताए ।

उनले कार्यदलमा नमिलेका विषयबारे ओलीसँग छलफल भएको बताए ।

‘पार्टी एकताप्रति ओली गम्भीर भएको पाएको भन्दै कसरी छिटोभन्दा छिटो एकता प्रकृया टुङग्याउने भन्नेमै कुराकानी भयो । आज दुई नेताबीच छलफल गर्ने र त्यसपछि लगत्तै एकता संयोजन समितिको बैठक बोलाउने विषयमा प्रधानमन्त्र सकारात्मक पाए ।’

पछिल्लो समय एमाले र माओवादवीच एकतावारे केही जटिलता देखिएका छन् । यस्ता जटिलता फुकाउन श्रेष्ठले विगतदेखि नै भूमिका खेल्ने गरेका छन् ।