काठमाडौँ — उपहारस्वरूप नेपालले दिने एकसिंगे गैंडा समातेको हेर्न चीनबाट वन्यजन्तु व्यवस्थापन विज्ञ याङको नेतृत्वमा एक टोली ४ वैशाखमा नेपाल आउँदैछ । नेपालले छिमेकी मुलुक चीनलाई दुई जोडी गैंडा उपहार दिने प्रक्रिया गत कात्तिकमै सुरु गरेको हो ।


ADVERTISEMENT


सबै तयारी पूरा भएकाले प्राकृतिक वासस्थानका गैंडा समातेको हेर्न र अन्य प्राविधिक पक्षबारे जानकारी लिन चीनबाट वन्यजन्तु व्यवस्थापन विज्ञ टोली आउन लागेको हो । केपी ओली अघिल्लो पटक प्रधानमन्त्री हुँदा २०७३ असारमा चीनलाई गैंडा उपहार दिने निर्णय भएको थियो ।


ADVERTISEMENT

# # #


‘समातेपछि राख्ने खाल्डो, बुमालगायत सबै तयारी भएको छ,’ चितवन निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालले भने, ‘क्याप्चर गरेको हेर्न र अन्य जानकारी लिन चिनियाँ टोली आउने खबर आएको छ ।’ चिनियाँ टोलीले प्राकृतिक बासस्थानमा गैंडा समातेको प्रत्यक्ष हेर्ने चाहना राखेको थियो । त्यसैअनुसार नेपालले टोलीलाई आमन्त्रण गरेको हो ।

निकुञ्ज विभागका उपमहानिर्देशक गोपालप्रकाश भट्टराईले उक्त टोलीले चीन लगिने गैंडाबारे चितवन निकुञ्ज, मन्त्रालय र विभागसँग जानकारी लिने बताए । वन तथा वातावरण मन्त्रालयका सचिव विश्वनाथ ओलीले प्राविधिक तयारीपछि उपहार दिने प्रक्रिया अघि बढ्ने बताए ।

यसअघि गत कात्तिकमा चीनमा दुर्लभ वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रण महासन्धि ९साइटिस० हेर्ने कार्यालयका उपमहानिर्देशक डा। मा एइगोले र गैंडा राख्ने सांघाई र ग्वान्जाओस्थित सफारी पार्कका अधिकारीसहित आठ सदस्यीय टोलीले चितवनका गैंडाको आनीबानी, आहार, बासस्थान, घाँसे मैदान र पानीका घोलबारे अध्ययन गरेको थियो । त्यतिबेलै चिनियाँ टोली, वन मन्त्रालय र निकुञ्ज विभागका अधिकारीले गैंडा हस्तान्तरण कार्ययोजनाको खाका तयार गरेका थिए ।

टोलीले प्राकृतिक वासस्थानमा डार्ट गरेर गैंडा बुमा र खोरसम्म ल्याएको, तिनको वासस्थान र व्यवस्थापनलगायत प्राविधिक पक्षबारे बुझ्नेछ । चीनमा प्राकृतिक बासस्थानमा गैंडा नभएकाले उनीहरूलाई यो दृश्य रोचक हुनेछ।