चितवन – नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले अधिनायकवाद सुरु गरिसकेको बताएका छन् । भरतपुर विमानस्थलमा सोमबार पत्रकारहरुसँग कुरा गर्दै उनले मनोमानी ढंगले सरकारले काम गरिरहेको समेत बताए ।


ADVERTISEMENT


उनले भने, ‘सरकारले एकलौटी गर्न खोजेजस्तो देखिन्छ । अधिनायकवाद सुरु भइसक्यो । मनोमानी बढ्यो ।’ अर्को प्रश्नमा व्यङ्ग्य गर्दै सभापति देउवाले भने,अब विकास गर्छन्, अधिनायकवादको ।’


ADVERTISEMENT

# # #


सरकारको एक सय दिन हनिमुन समय भएको भन्दै उनले काम हेर्ने बताए । ‘सुरुकै कामबाट धड्काधड्की विकास भएको छ,’ उनले व्यङ्ग्य गर्दै भने, ‘कुनै किसिमको सरसल्लाह छैन, आफ्नै तरिकाले गरेका छन्, काम गर्न सकेका छैनन् ।’

पार्टी कमजोर भएको छ नि भन्ने प्रश्नमा उनले दुईवटा पार्टी मिलेपछि निर्वाचनमा जित हार हुने कुरा स्वाभाविक भएको बताए । उनले प्रजातन्त्रको रक्षाका लागि लड्ने र प्रजातन्त्रको मूल्य मान्यताअनुसार जनताको अधिकारका लागि कांग्रेस लडिरहने बताए ।