काठमाडौं–पूर्व प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले शिक्षकहरुलाई आफ्ना बालबालिका सामुदायिक विद्यालयमै भर्ना गर्न निर्देशन दिएका छन् ।


ADVERTISEMENT


एकीकृत अखिल नेपाल शिक्षक संगठनले आयोजना गरेको एक कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले भने, ‘तपाईहरुका छोराछोरी सामुदायिक विद्यालयमै पढाउनु होला ।’


ADVERTISEMENT

# # #


सामुदायिक विद्यालयको गुणस्तर बृद्धि गर्नुपर्ने भन्दै अध्यक्ष प्रचण्डले त्यसका लागि सबैले प्रतिबद्धता गर्नुपर्ने बताए ।

साथै निजी विद्यालयहरुका सम्बन्धमा शुल्क घटाउन दवाव सिर्जना गर्नुपर्ने भन्दै अध्यक्ष प्रचण्डले अहिले निषेध नै गरेर जान नहुँने उल्लेख गरे । ‘निजी क्षेत्रलाई थोरै प्रेसर क्रेट गरौं, उनले भने,’निषेध गरेर पनि हुँदैन ।’

कार्यक्रममा शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले समेत शिक्षकहरुलाई निर्देशन दिएका थिए ।