काठमाडौं–शारिरिक, मानसिक र आध्यात्मिक स्तरमा स्त्री पुरुष दुबै अधुरा हुन्छन्, यो एक वैज्ञानिक तथ्य हो । दुबैको मिलनले नै एक अर्कालाई पूर्ण बनाउँछ । दाम्पत्य जीवनमा यहाँ बताइएका यी सात कुरा ध्यानमा राख्नुहुन्छ भने श्रीमान श्रीमती सधैं खुसी हुनेछन् । यी सात कुरा रामायणमा राम–सीताको जीवनमा पनि देख्न पाइन्छ । आउनुहोस् यसबारे जानकारी लिऔंः


ADVERTISEMENT


पहिलो कुरा संयमताः


ADVERTISEMENT

# # #


संयमता अर्थात् समय समयमा उठ्ने मानसिक उत्तेजना जस्तै–कामवासना, क्रोध, लोभ, मोह, अहंकार आदि जस्ता कुरामा नियन्त्रण राख्नु । राम–सीताले आफ्नो सम्पूर्ण दाम्पत्य जीवन निकै संयमता र प्रेमले बिताए । उनीहरु कहिले पनि मानसिक र शारिरिक रुपमा अनियन्त्रित भएनन् ।

दोस्रो कुरा सन्तुष्टिः

सन्तुष्टि अर्थात् एक अर्कासँग बस्दा समय र परिस्थिती अनुसार जुनसुकै सुख–सुविधा प्राप्त हुन्छ त्यसमा नै सन्तुष्टि प्राप्त गर्नु । दुबै एक अर्कासँग पूर्ण रुपमा सन्तुष्ट थिए । दुबैले एक अर्कामा कहिले पनि कमी देखेनन् ।

तेस्रो कुरा सन्तानः

दाम्पत्य जीवनमा सन्तानको महत्वपूर्ण स्थान हुन्छ । श्रीमानु श्रीमतीको सम्बन्धलाई मधुर र बलियो बनाउनमा बच्चाको महत्वपूर्ण भूमिका हुन्छ । राम र सीताको वनवासलाई समाप्त गर्नका लागि र सीतालाई पवित्र सावित गर्न उनका सन्तान लव र कुशले निकै महत्वपूर्ण भूमिका निभाएका थिए ।

चौथो कुरा संवेदनशीलताः

श्रीमान् श्रीमतीको रुपमा एक अर्काको भावनालाई बुझ्ने र एक अर्कालाई सम्मान गर्ने ।

पाँचौं हो संकल्पः

श्रीमान् श्रीमतीको रुपमा आफ्नो धर्मलाई राम्रो तरिकाले निभाउनका लागि आफ्नो कर्तव्यलाई संकल्पपूर्वक पूरा गर्नु ।

छैटौं कुरा शारिरिक, आर्थिक र मानसिकः

दाम्पत्य अर्थात् वैवाहिक जीवनलाई सफल र खुसी बनाउनका लागि श्रीमान् श्रीमती दुबै शारिरिक, आर्थिक र मानसिक रुपले बलियो हुन आवश्यक छ ।

सातौं कुरा समर्पणः

श्रीमान् श्रीमती एक अर्काप्रति पूर्ण समर्पित हुनुपर्छ । उनीहरुबिच त्याग पनि हुनुपर्छ । एक अर्काका लागि आफ्ना केही इच्छा र आवश्यकतालाई त्याग्दा र सम्झौता गर्दा दाम्पत्य जीवनलाई मधुर बनाइराख्न सहयोग गर्छ ।

 

रातोपाटीबाट