काठमाडौं– एमालेको भातृ संगठन युवा संघमा नेतृत्वको विषयलाई लिएर अध्यक्ष केपी ओली र माधव नेपाल समूहबीचको विवाद चरमोत्कर्षमा पुगेको छ ।


ADVERTISEMENT


पार्टीमा अध्यक्ष केपी ओली र माधव नेपाल मिलेपनि भातृ संगठन युवा संघमा भने गुटगत राजनीति थप बढ्दै गएको पाइएको छ ।


ADVERTISEMENT

# # #


सोमबार र मंगलबार बसेको युवासंघको बैठकमा अध्यक्ष राजीव पहरीलाई माधव नेपाल समूहले राजीनामा गर्न दवाव दिएका थिए । तर, ओली समुहका महेश बस्नेत र निरु पालले पहारीको राजीनामा रोकेपछि विवाद समानान्तर कमिटी घोषणा गर्ने तहसम्म पुगेको हो । पहारी प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए ।

असन्तुष्ट मंगलबार नै पत्रकार सम्मेलन गरेर समानान्तर कमिटी घोषणा गर्ने तयारी गरेपनि अन्तिममा स्थगित गरेको सचिव नरेश शाहीले बताए ।

अध्यक्ष राजीव पहारी, पूर्व अध्यक्ष महेश बस्नेतलगायतको समूह वामपन्थी एकतादेखि विधि र नियम मिच्न उद्दत रहेको ठहर गर्दै समानान्तर कमिटी गठनको निर्णय भएको शाहीले बताए ।

युवा संघलाई राजनीतिक संगठन भन्दा लुटीखाने भाँडो बनाएर चलाएको ठहर नेपाल समूहको छ । नेपाल समुहमा युवा संघबाट उपाध्यक्ष दिलु पन्त, सचिव शाही, क्रान्ति बुर्लाकोटीलगायत रहेका छन् ।