काठमाडौं–सरकारले संशोधन गरी ल्याएको यातायात व्यवस्थापन निर्देशिका कार्यविधि खारेजीको माग गर्दै आन्दोलन थालेका यातायात व्यवसायीलाई मजदुरहरुले पनि साथ नदिने भएका छन् ।


ADVERTISEMENT


यातायात मजदुरहरुले ०५१ सालदेखि उठाउँदै आएको नियुक्तिपत्रदेखि सामाजिक सुरक्षाको व्यवस्था गर्नुपर्ने माग व्यवसायीले बेवास्ता गरेको तर सरकारको निर्देशिकाले सुनिश्चित गरेपछि मजदुर उत्साहित बनेका हुन् ।


ADVERTISEMENT

# # #


उनीहरुले हालै यातायात व्यवस्था विभागले ल्याएको संशोधित कार्यविधि निर्देशिका कार्यान्वयन हुनुपर्ने बताए । नेपाल यातायात व्यवसायी महासंघले बैशाख २७ गतेदेखि सार्वजनिक यातायातका सान बन्द गर्ने घोषणा गरेको छ । – आजको कारोबारबाट