नेपाल र चीनबीच द्विपक्षीय उच्चस्तरीय भ्रमण यथाशीघ्र गर्ने सहमति भएको छ ।


ADVERTISEMENT


चिनियाँ राष्ट्रपति नेपाल भ्रमणमा आउने लामो समयदेखिको चर्चाका बीच नेपालका पराष्ट्रमन्त्री प्रदिप ज्ञावालीको चीन भ्रमणका क्रममा त्यस्तो सहमति भएको हो। चीनस्थित नेपाली अधिकारीले जनाए अनुसार यो सहमतीले दुई देशबीचको सम्बन्धलाई मजबुत र उचाईमा पुर्याउन ठूलो भूमिका खेलेको छ ।


ADVERTISEMENT

# # #


चीनको एउटा शक्तिशाली निकाय मानिने राज्य परिषद्का सदस्य समेत रहेका विदेशमन्त्री वाङ यीसँगको वार्तामा दुवै देशबीच उच्चस्तरीय भ्रमण आदानप्रदान गर्नेबारे सहमति भएको अधिकारीहरुले बताएका छन्।

छिमेक चीन गएका परराष्ट्रमन्त्री ज्ञवालीले त्यहाँ उच्चस्तरीय भेटवार्ता गरेका छन्।

उपराष्ट्रपति वाङ छिशानसँगको शिष्टाचार भेटपछि मन्त्री ज्ञवालीले चिनियाँ समकक्षी वाङ यीसँग द्विपक्षीय वार्ता गरे।

बेइजिङस्थित नेपाली दूतावासका उपप्रमुख सुशील लम्सालले द्विपक्षीय उच्च भ्रमणलाई थप गति दिने नेपालको प्रस्तावलाई चिनियाँ पक्ष बाट सहमती जनाईएको छ ।

उच्चस्तरीय भ्रमणको मितीबारे कूटनीतिक तहबाट अन्तिम रुप दिने सहमति भएको छ।