बेइजिङ । नेपाल र चीन महत्वकांक्षी परियोजना वान बेल्ट वान रोडमार्फत क्रस हिमालय कनेक्भिभिटी नेकवर्क अघि बढाउन सहमत भएका छन् । चीनले यसमा सहभागी हुने अर्को छिमेकी भारतलाई पनि आहृवान गरेको छ ।


ADVERTISEMENT


परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली र चिनियाँ समकक्षी वाङ यीबीच बुधबार बेइजिङमा भएको वार्तामा ओबरमा पर्ने परियोजनाको सूची सार्वजनिक गर्ने सहमति पनि भएको छ । परियोजना छनोट गर्न तथा चिनियाँ सरकारको सहयोगमा बन्ने परियोजनाहरुलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न संयन्त्र निर्माण गर्ने सहमति भएको छ ।


ADVERTISEMENT

# # #


भेटपछि चिनियाँ विदेशमन्त्री वाङले भने, ‘हामीलाई विश्वास छ जब यो बन्छ, यसले चीन, नेपाल र भारतबीच आर्थिक करिडोरका लागि वातावरण बनाउँछ ।’

उनले भनेका छन् की आशा छ, यस्तो सहकार्यले तीन देशको विकास र समृद्धिमा सहयोग गर्नेछ ।’