बेइजिङ । नेपाल र चीनबीच दुई देशबीच यसअघि भएका सम्झौताहरुको कार्यान्वयन गर्ने बीच सहमती भएको छ । परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीका अनुसार चिनियाँ समकक्षी वाङ यीसँगको भेटमा मार्च २०१६ मा प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा भएको सहमति कार्यान्वयनमा भएको प्रगतिको समिक्षा भएको छ ।


ADVERTISEMENT


‘हामीले पारवहन सम्झौताबारे विमर्श गर्‍यौं र आगामी दिनमा यसलाई अन्तिम रुप दिन छलफल अझ तीव्र बनाउन सहमत भयौं’ उनले भने, ‘चीनसँगको व्यापार घाटा कम गर्ने सहयोगी उपाय अपनाउन विदेशमन्त्री वाङसँग आग्रह गरेँ ।’


ADVERTISEMENT

# # #


नेपालले तातोपानी नाका खोल्ने र अरु नाकाहरु स्तरोन्नतीबारे कुरा उठाएको छ । अहिलेका सीमा नाकाहरुस्तरोन्नति गर्न दुबै पक्ष सहमत भएको मन्त्री ज्ञवालीले बताए ।