काठमाडौं–अरुण काबेली पावर लिमिटेडले निर्माण गरेको २५ मेगावाटको काबेली बी १ आयोजनाले सबै काम सकी बिजुली बाल्ने तयारी थालिएको छ । पाँचथर र ताप्लेजुडको सीमामा बग्ने काबेली नदीमा बनिरहेको आयोजनाले यही महिनाको अन्त्यसम्ममा बिजुली बाल्ने अरुण काबेलीले जनाएको छ ।


ADVERTISEMENT


परियोजनाको बाँध, डिसेण्डर बेसीन, सर्ज टेयाङ्क, विद्युत गृहको काम शतप्रतिशत सम्पन्न भईसकेको छ । विद्युत गृहमा मेसीन जडान गर्ने काम अन्तिम चरणमा पुगेको छ । पेनस्टक पाईपको जडान पनि लगभग टुंगिएको आयोजनाको भनाई छ । अब पाईपमा पानी छिराई मेसीन सम्म पुर्याउने काम पनि यही बैशाख महीमा भित्रमा सम्पन्न भई बिजुली बाल्ने काम सूरु हुने जनाईएको छ ।


ADVERTISEMENT

# # #


अरुण भ्याली हाईड्रोपावर लिमिटेडको सहायक कम्पनीको रुपमा रहेको अरुण काबेलीले थाल्ने २५ मेगावाट बिजुली उत्पादनले देशको बिद्युत माग धान्नलाई ठूलो सहयोग पुर्याउने ठानिएको छ । निजी क्षेत्रबाट हालसम्म उत्पादित ठूलो बिद्युत मध्ये अरुण काबेली मुख्य हुने छ । यसले उत्पादन गर्ने बिजुली बर्षायाममा प्रति युनिट ४ रुपैयाँ असी पैसा र हिउँद याममा ८ रुपैयाँ ४० पैसामा बिद्युत प्राधिकरणले खरिद गर्ने सम्झौता भएको छ । यो कम्पनीमा अपि पावर कम्पनी लिमिटेडले रु ४ करोड लगानी गरेको छ । आयोजना संचालन पश्चात अपि पावर कम्पनी लिमिटेडका शेयरधनिहरुले समेत मूनाफा प्राप्त गर्ने छन् ।

आयोजनाले बिजुली बाले पनि प्रसारण लाईनको मुख्य समस्या रहेको छ । सरकारले काबेली करिडोरमा बनाईरहेको ९० किलोमिटर लामो मेची करिडोर प्रसारण लाईनको काम तोकिएको समयमा पुरा नगरेर पटक पटक म्याद थपिदा त्यहाँ बनिरहेका धेरै आयोजना मर्कामा परेका छन् ।

२०७४ बैशाखमा पुरा हुनुपर्ने प्रसारण लाईन निर्माणको काम अझैसम्म पुरा भएको छैन । यो प्रशारण लाईन यथासिघ्र सम्पन्न गर्न नेपाल विद्युत प्राधिकरण र उर्जा मन्त्रालय युद्ध स्तरमा लागिरहेका छन् ।

आयोजनामा नेपाल ईन्भेष्टमेन्ट बैंक सहित ६ वटा बाणिज्य बैंकले लगानी गरेका छन् । चार अर्ब लाग्ने आँकलन गरिएकोमा प्रति मेगावाट १६ करोड रुपैयाँ लागत पर्ने देखिएको छ, जुन धेरै सस्तो लागत मानिएको छ ।