काठमाडौँ– हनुमान ढोका दरवार स्क्वायरदेखि स्वयम्भु सम्म भइरहेको पदयात्रा अन्तर्गत आज चित्रकला कार्यशालाको उद्घाटन भएको छ ।


ADVERTISEMENT


शुक्रबार उक्त कार्यशालाको काठमाण्डौ–८ का सांसद जीवन राम श्रेष्ठ र काठमाण्डौ– ७ कासांसद् राम वीर मानन्धरले संयुक्त रुपमा क्यानभासमा चित्र बनाई उद्घाटन गरेका हुन् ।


ADVERTISEMENT

# # #


उक्त कार्यक्रममा वरिष्ठ कलाकार के.के कर्माचार्य लगायत ७५ जना चित्रकारहरुको सहभागीता जनाएका थिए ।  हनुमान ढोका दरबार स्क्वायर क्षेत्र देखि स्वयम्भु सम्मको पदयात्राको मार्गमा पर्ने टोलहरुमा बसी चित्रकला कार्यशाला सम्पन्न गरिएको थियो ।

पद यात्राको समापन अन्तिम दिन अर्थात भोलि प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने कार्यक्रम रहेको छ।