कामीडाँडा– खानेपानी मन्त्री बिना मगरले देशैभरिका नदीको पानीलाई प्रशोधन गरेर गाउँगाउँसम्म पुर्याउने गरि योजना बनिरहेकोे खुलासा गरेकी छन् । शुक्रबार काभ्रेको बेथानचोक गाउँपालिका–५ कामीडाँडामा आयोजित कपेर महाँकाल खानेपानी तथा सरसफाई आयोजनाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री मगरले सो कुरा बताएकी हुन् ।


ADVERTISEMENT


कार्यक्रमलाई सम्बोधन गर्दै उनले भनिन्, ‘देशैभरिको विस्तृत योजना बनाइरहेका छौ ।’ खानेपानी स्वच्छ नहुँदा विभिन्न रोग लाग्ने, मृत्यु हुने, आयु घट्ने लगायतका समस्या देखिनेतर्फ सबै सचेत हुनुपर्ने मन्त्री मगरले बताइन् ।


ADVERTISEMENT

# # #


पहाडी क्षेत्रमा छरिएर रहेका वस्तीका कारण खानेपानी पुर्याउ भौगोलिक कठिनाई भएपनि हरेक जनतालाई स्वच्छ खानेपानी पुर्याउन सरकार प्रतिबद्ध रहेको उनले दाबी गरिन् । ‘पहाडमा बस्ने जनता हुन् कि खोला किनारमा बस्ने जनता हुन् सबैलाई सरकारले स्वच्छ खानेपानी पुर्याउने योजना बनाउँदै छ,’ उनले भनिन् ।