काठमाडौं–मकवानपुरको कैलाश गाउपालिका–१, खोलाखर्कमा शनिबार बिहान आगलागी हुँदा १ बालकको ज्यान गएको छ ।


ADVERTISEMENT


खाना पकाउने क्रममा घरमा आगो सल्कँदा स्थानीय कुमार गुरुङका ६ महिने छोरा सुजनको मृत्यु भएको गाउँपालिकाका अध्यक्ष टंक मोक्तानले जानकारी दिए ।


ADVERTISEMENT

# # #


परिवारका अन्य सदस्य मकै गोड्न गएकाले थप मानवीय क्षति भने भएको छैन ।

आगलागीका कारण घरमा भएका लत्ताकपडा, खाद्यान्नसहितका सबै सामग्री नष्ट भएको छ ।