अभिनेता टाइगर श्राफ निकै लजालु छन् । उनी आफूसँगै अभिनय गरेका हिरोइनसँग कुराकानी गर्न पनि लजाउने गर्दछन् । तर, हालै उनले आफूभन्दा १६ वर्ष जेठी हिरोइनसँग डेटिङ जाने इच्छा जाहेर गरेका छन् ।


ADVERTISEMENT


उनलाई हालै एउटा अन्तर्वार्तामा डेटिङ जान पाए कुन हिरोइन रोज्नुहुन्थ्यो भनेर सोधिएको थियो । त्यसमा उनले लजाउँदै ऐश्वर्या रायको नाम लिए । ऐश्वर्या टाइगरभन्दा १६ वर्ष जेठी छिन् । अर्थात्, ऐश्वर्या ४४ वर्षकी भइन् भने टाइगर भर्खर २८ मा हिँड्दै छन् । टाइगरले आफूलाई ऐश्वर्या बच्चैदेखि मन पर्ने गरेको खुलाउँदै उनीसँग फिल्म खेल्ने चाहना पनि व्यक्त गरे ।


ADVERTISEMENT

# # #


पछिल्लो समय ऐश्वर्या आफूभन्दा कान्छा हिरोहरूसँग अभिनय गरिरहेकाले कुनै दिन टाइगरको चाहना पूरा नहोला भन्न भने सकिँदैन । बागी–२ को सफलताका कारण टाइगरको चर्चा दिनहुँ बढ्दो छ । टाइगरको बागी–२ अहिले पनि उत्तिकै भिडभाडका साथ प्रदर्शनरत छ । फिल्मले अहिलेसम्म १ सय ५० करोड भारुको व्यापार गरिसकेको बताइन्छ ।