काठमाडौं– लेनिन जयन्ती तथा नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवस पारेर एमाले र माओवादीले आयोजना गरेको कार्यक्रम उत्पन्न ब्यानर विवाद हल भएको छ ।  विवादपछि कार्यक्रम शुरु हुन सकेको थिएन ।


ADVERTISEMENT


विवाद भएको ब्यानर विचमा राख्ने र दायाँबायाँ नयाँ ब्यानार राखेर कार्यक्रम गर्ने सहमति भएको छ । यी दुई पार्टीले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रम दिउँसो १२ बजेबाट शुरु हुने भनिएको थियो । तर, ब्यनारमा लेनिनको फोटो छुटेको तथा पार्टीको नाम अधुरो लेखेको भन्दै माओवादी केन्द्रका कार्यकर्ताले होहल्ला मच्चाएपछि कार्यक्रम ढिला हुन गएको हो । कार्यक्रम ढिला भएपछि शीर्ष नेता छलफलमा लागेका थिए ।


ADVERTISEMENT

# # #


पछि उनीहरुले दुवैपक्षबाट गल्ती भएको भन्दै थप ब्यानर राखेर कार्यक्रम गर्ने सहमति गरेका थिए । आजको कार्यक्रममा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सम्बोधन गर्ने कार्यक्रम छ ।

यो पनि पढ्नुस्

लेनिन जयन्तीमा लेलिनकै फोटो नदेखिएपछि एमाले-माओवादी संयुक्त सभामा हंगामा