काठमाडौं–कांग्रेस केन्द्रीय समिति बैठक पार्टी कार्यालय सानेपामा आज पनि जारी छ । बैठक मंगलबारसम्मा बोल्ने क्रम सक्ने गरि तिब्रता दिइएको बताइएको छ।


ADVERTISEMENT


जारी बैठकमा आजबाट केन्द्रिय सदस्यहरूले बोल्ने समय घटेको प्रवक्ता विश्व प्रकाश शर्माले जानकारी गराए ।


ADVERTISEMENT

# # #


आजको बैठकमा आनन्द बिष्ट,ध्यान गोविन्द रञ्जित, अम्बिका बस्नेत ,किरण यादव र मान बहादुर विश्वकर्माले आफ्नो धारणा राखिसकेको र सो क्रम जारी रहेको उनको भनाई छ ।

बैठकमा चुनावी पराजयका विषयमा वक्ताहरुले धारणा राखेको शर्माले बताए।