काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार पशुपतिको दर्शन गरेकी छिन् । बिहान पशुपतिमा पुगेकी राष्ट्रपतिले मन्दीरमा विशेष पूजापाठ गर्नुका साथै पशुपति क्षेत्र विकास कोषका पदाधिकारीसँग छलफल समेत गरेको कोषका सदस्य राजु केसीले जानकारी दिए ।


ADVERTISEMENT


छलफलका क्रममा राष्ट्रपतिले पशुपतिलाई सफा र हराभराका साथै व्यवस्थित बनाउनु पर्नेमा जोड दिँदै त्यसका लागि आवश्यक काम गर्न अनुरोध गरेकी थिइन् । पशुपतिको व्यवस्थित दर्शन, हाताभित्र बनाइएका बगैचाका साथै सम्पूर्ण सुरक्षा र सरसफाइ व्यवस्थित बनाइनुपर्नेमा भण्डारीको जोड थियो ।


ADVERTISEMENT

# # #


कोषको पूर्व सदस्यसमेत रहेकी राष्ट्रपतिको आग्रहपछि सदस्यसचिव डा प्रदीप ढकालले पशुपतिलाई व्यवस्थित बनाउन प्रयासरत रहेको जानकारी गराएका थिए ।