बागलुङ– नेपाल टेलिकमले जिल्लाको ढोरपाटन क्षेत्रमा जिएसएम मोबाइल सेवा सञ्चालनमा ल्याएको छ । टेलिकमले वैशाख ९ गतेदेखि लागू हुने गरी सो क्षेत्रमा माइक्रोवेभ प्रविधिमार्फत जिएसएम मोबाइल सेवा सञ्चालनमा ल्याएको हो ।


ADVERTISEMENT


टेलिकमको यो कदमसँगै ढोरपाटन नगरपालिका वडा नम्बर ९ मा स्थापित विटिएसबाट ढोरपाटन उपत्यकाका सबै भू–भाग र बोबाङको केही भागमा सेवा सञ्चालनमा आएको छ । यो बाग्लुङ सदरमुकाम देखि १ सय २४ किलोमिटरको सडक दूरीमा र करिब ३ हजार २ सय मिटर उचाईमा अवस्थित छ । अब यो सेवाबाट त्यस स्थानका करिब ५ सय घरधुरीका बासिन्दाहरु तथा यस क्षेत्रमा आउने पर्यटकहरु लाभान्वित हुनेछन् । बागलुङ जिल्लामा रहेको नेपालकै एक मात्र सिकार आरक्ष ढोरपाटन सिकार आरक्षको सुरक्षाको लागि समेत यो सेवाले सहयोग गर्ने टेलिकमले जनाएको छ ।


ADVERTISEMENT

# # #


त्यसैगरी टेलिकमले डोल्पा जिल्लाको दुर्गम ग्रामीण क्षेत्र धो मा पनि भिस्याट प्रविधिमार्फत जीएसएम मोवाइल सेवा उपलब्ध गराउन आरम्भ भएको छ । डोल्पा बुद्ध गाँउपालिका धो मा स्थापित विटिएसबाट त्यस स्थानका करिव २ हजार बासिन्दाहरु तथा यस क्षेत्रमा आउने पर्यटकहरु लाभान्वित हुने टेलिकमको दाबी छ । यो दुनै सदरमुकाम देखि करिब ३ दिनको पैदल दूरीमा रहेको क्षेत्र हो ।

सेवा सुचारु भएपछि यस क्षेत्रका जनता निकै उत्साहित भएको टेलिकमले जनाएको छ ।