काठमाडौं – निर्वाचन आयोगले प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरुलाई सुरक्षा व्यवस्था मिलाउन सरकारसाग माग गरेको छ ।


ADVERTISEMENT


आइतबार बेलुका प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवको धापाखेलस्थित घरमा वम विस्फोट भएपछि आयोगले सरकारसँग सुरक्षा माग गरेको हो ।


ADVERTISEMENT

# # #


आयोगका प्रवक्ता नवराज ढकालले सोमबार विज्ञप्ति जारी गरी वम विस्फोटजस्ता घटनालाई मध्यनजर गरी प्रमुख आयुक्त र आयुक्तहरुको आवश्यक सुरक्षा व्यवस्था मिलाउन माग गरेको हो ।

विज्ञप्तिमा भनिएको छ ‘यस्ता प्रकारका घटनालाई मध्यनजर गरी आयोगका प्रमुख आयुक्त तथा आयुक्तहरुको आवश्यक सुरक्षा व्यवस्था मिलाउन तथा प्रमुख आयुक्तको निवासमा घटेको घटनाको यथाशिघ्र छानबिन गरी दोषिलाई कडा भन्दा कडा कारवाही गर्न आयोग नेपाल सरकार सँग हार्दिक आग्रह गर्दछ ।’

आयोगका अनुसार आइतबार प्रमुख आयुक्त यादवको घरमा भएको बम विस्फोटबाट पर्खाल, झ्याल, ढोकालगायत अधिका्रश स्थानमा क्षति पुगेको छ । आयोगले विज्ञप्तिमा भनेको छ ‘भर्खरै मात्र तीन तहका निर्वाचन लगायतका सम्पूर्ण निर्वाचन सफलता पूर्वक सम्पन्न गराएको आयोगका प्रमुखको निवासमा भएको दुखद घटनाबाट आयोग परिवार स्तब्ध भएको छ ।’