काठमाडौँ– बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि परीक्षणस्वरुप दुई वटा बस छुटेका छन् । सुन् २०१५ जुन १५ मा बंगलादेश–भुटान–भारत–नेपालबीच यातायात सञ्चालन गर्ने (बिबिआईएन) सम्झौता भए अनुसार उक्त बस सेवा सञ्चालनमा ल्याइएको हो ।


ADVERTISEMENT


बसमा बंगलादेश रोड ट्रान्सपोर्ट कोर्पोरेसनका अध्यक्ष फरिदउद्धिनको नेतृत्वमा तीन देशका ८० जना डेलिगेट काठमाडौंका लागि हिँडेको बंगलादेशका सञ्चार माध्यमहरुले जनाएका छन् ।


ADVERTISEMENT

# # #


सोमबार बिहान ढाकाबाट हिँडेका ती बस बिहीबार काठमाडौं आइपुग्नेछन् । अहिले परीक्षणका रुपमा बस चलाइए पनि आवश्यक प्रक्रिया पूरा गरी छिट्टै व्यापारिक प्रयोजनकै लागि बस सेवा सञ्चालन गरिने बंगलादेशका सडक विभागका सचिव नजरुल इस्लामले बताए ।

ढाकास्थित नेपाली राजदूतावासका उपप्रमुख धनबहादुर ओली र भारतीय उच्च आयोगका प्रथम सचिव गौरव गांगुलीले झण्डा हल्लाएर बसलाई बिदाई गरेका थिए ।

ढाकाबाट छुटेका ती बस बंगलादेशको बंगबन्धु हुँदै भारत–बंगलादेश सीमा फूलबारी भएर सिलिगुडी हुँदै काँकडभिट्टाबाट नेपाल प्रवेश गर्नेछ । ढाका–काठमाडौं सडक दूरी झण्डै एक हजार एक सय किलोमिटर छ ।

फोटो : द डेली स्टार