काठमाडौं– पत्रकार किशोर पन्थीद्वारा लिखित पुस्तक ‘कम्पन’ बिमोचन गरिएको छ । सोमबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच पूर्वप्रधानमन्त्रीद्वय बाबुराम भट्राई र माधव नेपालका साथै माओवादी नेतृ पम्फा भुसाल, पत्रकार किशोरनेपाललगायतले पुस्तक विमोचन गरे ।


ADVERTISEMENT


गत २०७२ बैशाख १२ गते गएको भूकम्पपछिका अनुभव, अनुभूति तथा गतिविधिलाई संगालेर ‘कम्पन’ को तयार पारिएको हो ।


ADVERTISEMENT

# # #


पुस्तक विमोचन समारोहमा बोल्दै नयाँ शक्ति पार्टी, नेपालका संयोजक समेत रहेका पूर्वप्रधानमन्त्री डा. भट्टराईले भूकम्पपछिको पुनर्निर्माणको अनुदान सहायता एकमुष्ट रुपमा उपलब्ध गराउन सरकारसँग माग गरे ।

भट्टराईले किस्ताबन्दीमा अनुदान सहायता उपलब्ध गराएर सरकारले जनतालाई सास्ती दिईरहेको आरोप पनि लगाए । उनले स्थानीय तहको सरकार बनिसकेकाले सोही निकायमार्फत् पुनर्निर्माणको अनुदान सहायता सरकारले जनतालाई उपलब्ध गराउनुपर्ने धारणा पनि राखेका थिए ।