काठमाडौं–रिस उठ्यो भन्दैमा कसैलाई गाली नगर्नुस् है, पर्नुहोला नि फन्दामा । हो अब कसैलाई गाली गरेमा १० हजार रुपैयाँसम्म जरिवाना तिर्नुपर्नेछ ।


ADVERTISEMENT


त्यति मात्र होइन एकवर्ष कैद वा दुवै सजाय पनि हुन सक्छ । मुलुकी अपराध (संहिता) ऐन–२०७४ ले यस्ता व्यवस्था गरेको हो, जुन यसै वर्ष भदौ १ गतेदेखि लागू हुँदैछ । २०१६ सालमा बनेको ‘गाली र बेइज्जतीको ऐन–२०१६ माथि २०३७ सालमा पहिलो संशोधन गरिएको थियो ।


ADVERTISEMENT

# # #


सर्वसाधारणको इज्जत र मानमर्यादा कायम राख्न पाउने अधिकारको रक्षाका लागि गाली र बेइज्जतीको कसुरको निम्ति सजायको व्यवस्था गर्न आवश्यक देखिएकाले मन्त्रिमण्डलको सिफारिसमा ऐन जारी गरिएको उल्लेख छ ।

यसमा कसैले कसैलाई गाली गरेमा १० हजार रुपैयाँसम्म जरिवाना, एक वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था छ । कसैले कसैको बेइज्जती गरे वा गराएमा निजलाई दुई वर्षसम्म कैद वा २० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने उल्लेख छ ।

विद्युतीय वा अन्य आमसञ्चारका माध्यमबाट बेइज्जती गरे वा गराएमा त्यस्तो सजायमा थप एक वर्षसम्म कैद र १० हजार रुपैयाँसम्म थप हुनेछ ।

मरिसकेका कुनै व्यक्तिलाई यस परिच्छेद बमोजिम बेइज्जती गरेको ठहरिएमा कसुरदारबाट त्यस्तो बेइज्जतीबाट भावनामा चोट लागेको निजको हकवालाई क्षतिपूर्ति दिनुपर्नेछ । – आजको नेपाल समाचारपत्रबाट