काठमाडौँ– नेपाली चलचित्रका निर्माताहरुले चलचित्र प्रचारका लागि विभिन्न उपाय अपनाइरहेका छन् । कहिले पिज्जा डेलिभर गर्दै फ्यानको घरमा पुग्ने त कहिले विभिन्न स्थानमा कन्सर्ट गर्ने । नयाँ–नयाँ उपायले चलचित्रको प्रचारमा फाइदा पनि मिलिरहेको छ ।


ADVERTISEMENT


यसैक्रममा, चलचित्र ‘ह्याप्पी डेज’को यूनिटले चलचित्र प्रचारका लागि नयाँ शैली अपनाइएको छ । चलचित्र प्रचारका लागि ललितपुरको लखनखेलबाट ‘रथ यात्रा’ गरिएको छ । लखनखेलबाट सुरु भएको ‘रथ यात्रा’मा नायिका प्रियंका कार्की र नायक संजय गुप्ता सहभागी थिए । उनीहरुले, चलचित्रको नाम लेखिएको टिसर्ट लगाएका थिए ।


ADVERTISEMENT

# # #


लखनखेलबाट सुरु भएको ‘रथ यात्रा’ भृकुटीमण्डपमा आएर समापन भएको थियो । उपस्थित पत्रकारहरुसँग कुरा गर्दै नायिका प्रियंका कार्कीले यो शैलीले चलचित्रलाई फाइदा पुग्ने बताइन् ।