रणबीर कपूर को फिलिम ‘संजू : वान मेन, मेनी लाइफ’ को पहिलो टीजर रिलीज भएको छ। फिल्ममा बलिउड एक्टर संजय दत्तको वास्तविक जीवन ‘रोल प्ले’ गरेर रणबीर कपूर यस १.२७ मिनिटको टिजरले चर्चित छन् । टीजरमा उनको हुबहु ‘संजय वाला लुक’ आवाज र डायलगले सबै अहिले चकित बनेका छन् । हालै उनले एक इन्टरभ्युमा यो फिल्मका लागि आफ्नो परिवर्तनको प्रक्रियाको अनुभव सेयर गरेका थिए ।


ADVERTISEMENT


रणवीरले यसरी गरे आफूलाई सञ्जयमा परिवर्तन


ADVERTISEMENT

# # #


सञ्जयको बायोपिकका लागि रणवीरले आफूलाई शारिरिक र मानसिक दुबै रुपमा तयार पारेका थिए । त्यस कारण त्यो टिजरको सबै सुनमा सञ्जयको झल्को आइरहेको छ ।

रणवीरका अनुसार उनले प्रत्येक सुटका लागि हरेक पटक एक एक महिनाको आराम लिएका थिए ता कि उनी सञ्जय दत्तजस्तै देखिउन् । ‘यस फिल्मका लागि पूरै टिले काफी मिहनेत गरेका छन् । हामीले यसका लागि एक वर्षसम्म स्क्रिन टेस्ट गरेका थियौँ । ताकि राजु सर (फिल्मका डाइरेक्टर)लाई यकिन होस् कि म सञ्जय दत्त जस्तै लागू’

‘कसैको लुक्स जस्तै देखिनु अप्ठ्यारो कुरा हो । तर त्यो भन्दा महा अप्ठ्यारो भनेको त्यो पात्रको आत्मा सम्झिनु र जस्ताको त्यस्तै गर्नु हो । तर म यसमा सफल भएको छु’ रणवीरले भने ।