काठमाडौं– जोभपुरको विशेष अदालतले नाबालिग बलात्कारमा धर्मगुरु आसाराम बापूलाई आजीवन कैदको सजाय सुनाएको छ । आसाराम अहिले ७७ वर्षका भए ।


ADVERTISEMENT


अदालतले बुधबार बलात्कारको मुद्दामा उनलाई दोषी ठहर गरेको थियो । शिल्पी र सरदारलाई २०-२० वर्ष जेल सजाय सुनाएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।


ADVERTISEMENT

# # #


आसाराममाथि २०१३ मा आफ्नै आश्रममा १६ वर्षकी किशोरीको बलात्कार गरेको आरोप थियो । किशोरीका आमाबुबा आसारामका भक्त थिए । एक दिन स्कुलमा किशोरी लडेपछि बाबुआमाले उनलाई आश्रममा लिएर गए । त्यही आश्रममा आसारामले किशोरीलाई बलात्कार गरेको प्रहरीले बताएको छ ।

१५ अगष्ट २०१३ मा बलात्कृत भएकी किशोरीले पाँच दिनपछि प्रहरीमा उजुरी दिएका थिए । आशाराम इन्दौरबाट पक्राउ परे । उनी अहिले पनि प्रहरी हिरासतमा छन् ।