काठमाडौ – २०७२ बैशाक १२ को विनाशकारी भूकम्पले एक युवतीको जीवनमा ल्याएको उतारचढावलाई विषय बनाएर निर्माण गरिएको चलचित्र ‘द डार्कनेस बेकन’को ट्रेलर र गीत सार्वजनिक गरिएको छ ।


ADVERTISEMENT


राजधानीमा बुधबार आयोजित कार्यक्रममा कलाकारसँगै चलचित्रकर्मीको उपस्थितिमा ट्रेलर समेत सार्वजनिक गरिएयो । चलचित्रको निर्देशन पवन केसीले गरेका हुन् ।


ADVERTISEMENT

# # #


‘भूकम्प पछि एउटी गाउँकी युवतीले भोग्ने दर्दनाक कथालाई चलचित्रमा प्रस्तुत गरेका छौ’ निर्देशक केसीले भने ‘चलचित्र सिन्धुपाल्चोकको एउटा विकट गाउ तौथलीमा भुकम्पपीडित सन्ध्याको जीवनमा आधारित छ ।’ भूकम्पमा आमाबाबु गुमाएपछि काकाकाकीको पालनपोषणमा रहेकी सन्ध्या प्रलोभनमा परेर कसरी बेचिन्छिन् भन्ने दर्दनाक कथा पनि रहेको निर्देशक केसीले खुलाए ।

भूकम्पकै कथा भएकोले चलचित्रको कार्यक्रम आज राखिएको हो ।

चलचित्रमा मरक्युरी श्रेष्ठ, प्रल्हाद खरेल, पवन केसी, अस्मिता बस्नेत, शान्ति बस्नेत, सुजता श्रेष्ठ, बैदार लामा लगायतको अभिनय रहेको छ ।

राजेश रिजाल कार्यकारी निर्माता रहेको चलचित्रमा अशोककुमार बस्नेतको छायांकन, राजेशकै गीत र संगीत रहेको छ ।