कोलकाता – अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलले बिहिबार आफूसँग आबद्ध १०४ राष्ट्रका दुवै पुरुष र महिला टोलीलाई टी–२० खेलको मान्यता प्रदान गर्ने भएको छ ।


ADVERTISEMENT


आइसीसीका प्रमुख कार्यकारी अधिकृत डेभिड रिचर्डसनले कोलकातामा आयोजित एक पत्रकार सम्मेलनमा सो घोषणा गरेका हुन् ।


ADVERTISEMENT

# # #


उनले यसका लागि विश्व वरियताको व्यवस्था पनि शुरु गरिने बताए ।

हाल टी–२० मान्यता प्राप्त १८ सदस्य राष्ट्र रहेका छन् । जसमा १२ पूर्ण सदस्यसहित नेपाल, स्कटल्याण्ड, नेदरल्याण्ड, हङकङ, युएई र ओमान रहेका छन् ।

‘सबै महिला क्रिकेटका सदस्य राष्ट्रलाई आगामी जलाई १ देखि अन्तर्राष्ट्रिय टी–२० को मान्यता दिइनेछ भने पुरुष टोलीलाई सन् २०१९ को जनवरी १ देखि मान्यता दिइनेछ,’ उनले भने ।

कडा कारवाही

दक्षिण अफ्रिका र अस्ट्रेलियाबीच भएको टेस्ट शृंखलामा देखिएको विवादपछि आइसीसीले बल टेम्परिङ र स्लेजिङजस्ता कृयाकलापबिरुद्ध कडा कारवाहीको नियम ल्याउने पनि बताए ।
‘जरिवानाले मात्र यसलाई नियन्त्रण गर्ने देखिएन । यसका लागि क्रिकेट कमिटीले ठोस योजना ल्याउनेछ,’ रिचर्डसनले भने ।

च्याम्पियन्स ट्रफीको भविष्य

च्याम्पियन्स ट्रफीको भविष्यबारे प्रश्न उठिरहँदा उनले सन् २०२१ को च्याम्पियन्स ट्रफी टी–२० फर्म्याटमा हुन सक्ने बताए ।

टी–२० लिगबारे

आइसीसीले विश्वभरमा खेलाडी टी–२० लिग अन्तर्राष्ट्रिय क्यालेन्डरमा पार्ने असरबारे पनि छलफल गरिरहेको रिचर्डसनले बताए । यसअघि सन् २०२० पछि आइपीएलका दौरान कुनै पनि अन्तर्राष्ट्रिय क्रिकेट नखेलाइने समाचार बाहिर आएको थियो ।