काठमाडौं – उत्तर कोरियाका नेता किम जोङ उन दक्षिण कोरियाका राष्ट्रपति मुन जेइनलाई भेट्न दक्षिण कोरिया पुगेका छन् ।
सन् १९५३ को युद्धले कोरियाली प्रायद्वीप दुई भागमा बाँडिएपछि उत्तर कोरियाली नेताले दक्षिणको असैन्य क्षेत्रमा पाइला टेकेको यो पहिलो अवसर हो ।


ADVERTISEMENT


यो भेटमा दुबै नेता हर्षित मुद्रामा देखिएका थिए । राष्ट्रपति मुनले उत्तर कोरियाली नेतालाई स्वागत गरे । लगत्तै उनले हात समातेर मुनलाई उत्तर कोरियाली भूमिमा लगे ।


ADVERTISEMENT

# # #


उन कारमा चढेर सीमासम्म पुगेका थिए । त्यहाँबाट आफ्नो प्रतिनिधिमण्डलसहित पैदल हिँडेर पीस हाउससम्म पुगे । दुई नेताबीच पुनमुनजोममा बनेको पीस हाउसमा वार्ता हुनेछ, जुन दक्षिण कोरियामा पर्ने असैन्य क्षेत्रमा अवस्थित छ ।