काठमाडौँ– राष्ट्रपति विद्यादेवी भण्डारीबाट स्थानीय निकायको निर्वाचनमा नेपाली सेना परिचालन गर्न स्वीकृति प्रदान भएको छ ।


ADVERTISEMENT


स्थानीय तहको विसं २०७४ वैशाख ३१ गते हुने निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न स्थानीय तह निर्वाचन सुरक्षा योजना, २०७३ मा व्यवस्था भएअनुसार संविधानबमोजिम राष्ट्रपतिबाट स्वीकृति प्रदान भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।


ADVERTISEMENT

# # #


सुरक्षा निकाय एकीकृत तथा समन्वयात्मक रुपमा परिचालन गर्न नेपाली सेना परिचालनका लागि राष्ट्रिय सुरक्षा परिषद्को गत चैत १२ र मन्त्रिपरिषद्को चैत २९ गतेको निर्णय तथा प्रधानमन्त्रीको पत्रमा उल्लेखित सिफारिसबमोजिम वैशाख ३१ गते हुने निर्वाचनको कार्यमा नेपाली सेना परिचालनका लागि स्वीकृति प्रदान भएको जनाइएको छ ।