काठमाडौं – सरकारले संघीय संसदको अधिवेशन वैशाख २३ गते आहृवान गर्न सिफारिस गरेको छ । मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले वैशाख २३ गते अपराहृन ४ बजे अधिवेशन आहृवान गर्न सिफारिस गरेकोहो । राष्ट्रपतिले अधिवेशन आहृवान गर्ने व्यवस्था छ ।


ADVERTISEMENT


बैठकले वैदेशिक रोजगार न्यायाधीकरणको सदस्यमा सहन्यायाधीवक्ता रमादेवी पराजुलीलाई नियुक्त गरेको छ ।


ADVERTISEMENT

# # #


यस्तै वीरगञ्जको एकीकृत भन्सार जाँच चौकीको भन्सार क्षेत्र निर्धारणको सूचना राजपत्रमा प्रकाशित गर्ने र आन्तरिक शान्ति र सुव्यवस्थासम्बन्धी विधेयक तर्जुमा गर्न गृह मन्त्रालयलाई सैद्धान्तिक सहमति दिने निर्णय पनि मन्त्रिपरिषद बैठकले गरेको छ ।