बुटवल – प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश ५ को प्रदेशसभा बैठकलाई सम्बोधन गर्ने भएका छन् । यसका लागि पर्सि प्रदशेसभाको आकस्मिक बैठक बोलाइएको छ ।


ADVERTISEMENT


यसअघि २१ मा बैठक बस्ने तय भएको थियो । प्रधानमन्त्री ओली बुद्ध जयन्तीको मूल समारोहमा सहभागी हुन लुम्बिनी आउँदैछन् । त्यही अवसरमा प्रदेशसभालाई पनि सम्बोधन गर्ने भएका हुन् ।


ADVERTISEMENT

# # #


प्रधानमन्त्री ओलीले बैशाख १६ गते बिहान ९ बजे सम्बोधन गर्ने प्रदेशसभाका सचिव मानबहादुर बिकले जानकारी दिए ।